367
Shares
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।
कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको छ । एमसीसी सम्झौतासँगै आइतबारको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको लोकसेवा आयोगसम्बन्धी विधेयक पनि पेश हुने उनले जानकारी दिए ।