Logout

चर्चामा

बुटवलमा ९ जना बन्दकर्ता प्रहरीकाे नियनत्रणमा

475 Shares

बुटवल । रुपन्देहीको बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्ता नियनत्रणमा परेका छन् ।

मोर्चामा सहभागी  नेता-कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ। नेपाल बन्द गर्न आव्हान गर्ने क्रममा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदीसहित ९ जना गिरफ्तार भएका छन्।

थारु सहित , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायतलाई प्रहरीले पक्राउ गरेको छ। त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विक लगायत नेता कार्यकर्तालाई प्रहरीले नियनत्रण गरेको छ ।

उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो। बुधबार नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ। मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन्। सडकमा सुरक्षाकर्मी  बाक्लै परिचालन गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार