604
Shares
सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल लामा (कार्चेन) लाई हटाउन उच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
लामाविरुद्ध फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै रिट हालिएको हो । उनलाई मन्त्री बनाउने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालय कानुन संकायकी विद्यार्थी बिनिता बोगटीले प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको सोमबार रिट दायर गरेकी छन् ।
लामालाई मन्त्री बनाउनु संविधान विपरीत भएको निवेदकको दावी छ । सांसद नरहेका लामा माओवादीबाट मन्त्री बनेका हुन् ।