Logout

चर्चामा

माधव नेपालसहित १४ सांसदको रिट पेशीबाट हटाइयो

1k Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही र सो पार्टी खारेज गर्न दायर भएको रिटमा सुनुवाइपछि पेशी हटाइएको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा रिट पेशी तोकिएको थियो। लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले पेशीमा चढे पनि सो रिट आज आइतबार हटाउन माग गर्दै निवेदन दिएपछि यो रिटलाई पेसीबाट हटाइएको हो।

आदेशमा भनिएको छ, ‘यसमा प्रत्यर्थीमध्येको लुम्बिनी प्रदेश सभा सचिवालय समेतबाट प्रतिरक्षामा खटिएको अवस्थामा रूघा खोकी र ज्वरो समेतले ग्रस्त भई कोभिड पोजेटिभजस्ता लक्षणहरू देखिई आइसोलेसनमा रहेको कारण आजको पेशी हटाई पाऊँ भनी प्रदेश नं. ५ का मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीको निवेदन पर्न आएको हुँदा आजको पेशीबाट हटाइएको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार