Logout

चर्चामा

एसईईको जिम्मा प्रदेशलाई दिन सिफारिस

689 Shares

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको जिम्मा प्रदेश तहलाई दिन सिफारिस गरेको छ।

बोर्डमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। एसईई सञ्चालनको जिम्मा प्रादेशिक तहलाई दिए पनि प्रमाणीकरण भने बोर्ड (संघीय निकाय) ले नै गर्ने गरी सिफारिस गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

एसईई प्रदेशले गर्ने र प्रमाणीकरण बोर्डले गर्ने प्रस्ताव गरिएको छ। मन्त्रिपरिषद्‌ले पारित गरेपछि यो निर्णय कार्यान्वयनमा आउँछ, अध्यक्ष महाश्रम शर्माले भने । उनका अनुसार नतिजा प्रकाशनको जिम्मा पनि प्रादेशिक तहलाई नै दिने गरी सिफारिस गरिएको छ। 

यो वर्षको एसईई आगामी ९ वैशाखका लागि तोकिएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार