Logout

चर्चामा

आज सुनको मूल्य कति छ ?

543 Shares

काठमाडौं । सोमवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानीय बजारमा सोमवार सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा रू. १०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको छ ।

छापावाला सुनको मूल्य आइतवार प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको थियो । अघिल्लो कारोबाको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला रू. १ हजार २५० मा कारोबार भएको चाँदी सोमवार रू. ५ ले बढेर रू. १ हजार २५५ मा किनबेच भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार