काठमाडौं । माधव कुमार नेपालको भ्रममा परेर नेकपा एकीकृत समाजवादीतिर लाग्नुभएकी सर्लाही हरिपुर नगरपालिकाकी उपप्रमुख एमालेमै फर्कनुभएको छ ।
माधव नेपाल मुलुक बिगार्नकै लागि एमालेबाट बाहिरिएको तथ्यबारे जानकार भएपछी हरिपुरकी उपमेयर रेणुका काफ्ले आज एमालेमै फर्केकी हुन् ।
एमाले महासचिव शंकर पोखरेलले काफ्लेलाई पार्टीमा स्वागत गर्नुभएको छ । कार्यक्रममा स्थायी कमिटी सदस्य प्रभू साह, केन्द्रीय सदस्य बद्री न्यौपाने लगायतको उपस्थिति थियो । एमाले विभाजन हुँदा काफ्लेले नेकपा एस रोज्नुभएको थियो ।
काफ्लेले आफूजस्तै सवै जनप्रतिनिधि माधवको भ्रममा परेर नेकपा एस रोजेको भन्दै आगामी चुनाव अगावै सो पार्टीतिर लागेका सवै एमालेमै फिर्ता हुने बताउनु भयो । भ्रममा पारेर आफ्नो स्वार्थ र कम्युनिष्ट आन्दोलन सकाउने मिसन लिएर माधवले एमाले छाडेर नयाँ पार्टी खोलेको तथ्य अव सवैले बुझेको निश्कर्षमा काफ्ले पुग्नुभएको हो ।