Logout

चर्चामा

विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन आयोगको पत्र

677 Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबारे हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भनेको छ ।

आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रनातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भक्न्ने वाक्यांश हटाउन भनेको हो । यो संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले हटाउनुपर्ने आयोगले बताएको छ ।

संवैधानिक आयोगले संविधानसँग बाझिएको विषय मिलाउन आग्रह गर्नुलाई स्वभाविक रुपमा लिएको निर्वाचन आयोगसम्बन्धी समन्वय गर्ने जिम्मेवारी पाएका राप्रपा केन्द्रीय सदस्य झनक प्याकुरेलले बताए । उनले अघि भने, ‘कोरोना महामारीका कारण जवाफ पठाउन पाएका छैनौं । केही समय लाग्ला । तर हिन्दु राष्ट्र र राजसंथा हाम्रो कोर भ्यालु भएकाले हटाउने कुरा आउँदैन ।’

Election-commission.jpg

Election-commission-1.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार