Logout

चर्चामा

प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेको आरोप

576 Shares

काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रहसमेत गरेका छन् । उनले गठबन्धनको सूत्राधार हुँ (माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड) तर्फ लक्षित गर्दै केही बोल्न नसकेको आरोप लगाएका छन् । ‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन् ।

विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हूँ भन्ने केही बोल्छन्-बोल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’ एमाले पोखरेलले प्रश्न गरेका छन् । २०६३ चैतमा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले राइस मिलमा एकैपटक कार्यक्रम गर्दा भएको झडपमा २८ जना मारिएका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले बुधबार रौतहटमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई फेरि गौर नरसंहार दोहोर्‍याउने र त्यसमा राउत मारिने अभिव्यक्ति दिएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार