Logout

चर्चामा

एमाले नुवाकोटको १०५ सदस्यीय जिल्ला कमिटी सहित अध्यक्षमा बद्री मैनाली सर्वसम्मत (सूचीसहित)

1.2k Shares

नुवाकोट । नेकपा एमाले नुवाकोटको अध्यक्षमा युवा नेता बद्री मैनाली सर्वसम्मत निर्वाचित भएका छन । आइतबार नुवाकोट सदरमुकाम विदुरमा सम्पन्न सातौ जिल्ला अधिवेशनबाट मैनालीको अध्यक्षतामा १०५ सदस्यीय कमिटी नै सर्वसम्मत निर्वाचित भएको हो ।

कमिटीको उपाध्यक्षमा बुद्धिबहादुर प्रधान निर्वाचित भएका छन । त्यस्तै सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र निलकण्ठ आचार्य चयन भएका छन । अधिवेशनको उद्घाटन शुक्रबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिइन।

बन्दसत्रको हलमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष एवं बन्दसत्रको अध्यक्ष केशवराज पाण्डेले सहमतिको सूची प्रस्तुत गर्नुभएकोमा हलले सर्वसम्मतिमा पारित गरेको थियो । सर्वसम्मत भएका पदाधिकारी र सदस्यको निर्वाचनको प्रकियामा लागेर मनोनयन गरेर सपथ गराइने निर्वाचन समितिका संयोजक रामहरि रिमालले जानकारी दिए ।

सर्वसम्मत अध्यक्षमा निर्वाचित भएपछि मैनालीले सम्पूर्ण प्रतिनिधिमा धन्यवाद ज्ञापन गर्दै धेरै योग्य र अग्रजहरू पनि जिल्ला कमिटीमा छुटेको बताउँदै केहीलाइ मनोनतिको बाटोबाट जिल्ला कमिटीमा समावेश गर्ने र सबैजसोलाइ विभन्न जिम्मेवारीमा समेटर अघि बढाउने प्रतिवद्धता जनाए ।

0001.jpg

 

0002.jpg

 

0003.jpg

0004.jpg

0005.jpg(नोटः सूचीमा खुलातर्फको जिल्ला कमिटी सदस्यमा ७ नम्बरमा अरूणकुमार श्रेष्ठ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार