Logout

चर्चामा

मन्त्री रेग्मीको चीनलाई आग्रहः सिमा नाकामा आयात निर्यात सहज होस्

820 Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गरेकी छन्।

चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गरेकी हुन्।

मन्त्री रेग्मीले बुधबार सम्पन्न चाइना फाउन्डेसन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिकोत्सवमा चीनबाट भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा गरिन्।

उनले अहिले पनि चीनबाट खोप आइरहेको उल्लेख गरिन्। छिमेकी देशहरुबीच सहयोगको अपेक्षा हुने मन्त्री रेग्मीले बताइन्। गरिबी निवारणसम्बन्धी नेपालमा रहेको चाइनिज फाउन्डेसनले गरेको कार्यक्रममा मन्त्री रेग्मीले फाउन्डेसनलाई परेको समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार