1.4k
Shares
सानेपास्थित् स्टार अस्पतालमा शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआइसियु) सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले एनआइसियु कक्षको शुक्रबार उद्घाटन गरेका हुन् । मन्त्री त्रिपाठीले एनआइसियु जस्तो अति संवेदनशिल विभाग शुभारम्भ गरेकोमा शुभकामना दिदै बेड अभावमा उपचार नपाउने समस्या कमी हुने बताए ।
१४ वर्षदेखि सञ्चालित यस अस्पतालले सेटेलाइट अस्पतालका रुपमा वागमती प्रदेशको नुवाकोट जिल्लामा पनि सेवा विस्तार गरेको छ भने आगामि दिनमा अन्य प्रदेशमा पनि सेवा सुरु गर्ने योजना रहेको डा. रुपाखेतीले जानकारी दिए ।