Logout

चर्चामा

प्रचण्ड, माधव, झलनाथहरु बामपंथी हैनन्, हामपंथी हुन् : अध्यक्ष ओली

910 Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा एमाले बाहेक अरु कम्युनिस्ट पार्टी नै नभएको जिकिर गर्नु भएको छ । उहाँले माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बामदेव गौतम र झलनाथ खनालहरू वामपन्थी नभई ‘हामपन्थी’ भएको आरोप लगाउनु भयो ।

शनिबार गृहजिल्ला झापाको बिर्तामोडमा एमाले जिल्ला कमिटीले आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा ओलीले यस्तो प्रतिक्रिया दिनु भएको हो। यस क्रममा उहाँले मुलुकमा अहिले एमाले बाहेक वामपन्थी नै नभएको दाबी गर्नु भएको छ ।

‘कम्युनिस्ट सरकार ढालेर । वामपन्थी सरकार ढालेर कांग्रेसको सरकार बनाइदिनेहरू वामपन्थी हुन् ? कांग्रेस वामपन्थी हो ? कांग्रेसको पछि लाग्ने वामपन्थी हुन्छन् भने माउ चाहिँ त खाँटी वामपन्थी हुन्छन् होला नि त ?’ कांग्रेसको पछि लाग्नेहरू वामपन्थी नभई हामपन्थी भएको उहाँको आरोप थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार