काठमाडौं । कपिलवस्तुका चर्चित नेता मंगलप्रसाद गुप्ता आफ्ना समूहसहित नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको हो।
गुप्तासहितका नवप्रवेसीहरूलाई एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ। नवप्रवेशीहरूमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या उल्लेखनीय छ । गुप्ता समुह प्रवेशसँगै कपिलबस्तुमा एमाले पहिलो शक्तिको रुपमा उदाएको छ ।
एमाले रोजेका जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका नेतारकार्यकर्तालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ ।
कार्यक्रममा अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायतका नेताहरू कपिलवस्तुमा हुनुहुन्छ ।