Logout

चर्चामा

केपी नेतृत्वमा आएको दिनदेखि नै पार्टीमा संकट : नेपाल

564 Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नवौं महाधिवेशनबाट केपी ओली नेतृत्वमा आएको दिनदेखि नै पार्टीमा संकट सुरु भएको दाबी गरेका छन्।

शुक्रबारबाट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै नेपालले महाधिवेशनका आफूले सारेको दस्तावेज र विचार पास भएको र नेतृत्व अर्काको भएको टिप्पणी गरे। 

उनले ओलीले गरेको सबै अपमान र पूर्वाग्रहको व्यवहार भएपनि मिलेर जाने प्रयास गरेको धारणा राखे। नेपालले एकलौटी ढंगले अगाडि बढेका ओली सुध्रने कुनै लक्षण नदेखेको बताए।

उले झापा आन्दोलनदेखि कुनै पनि आन्दोलनमा ओलीको भूमिका नरहेको पनि बताए । उनले जनताको समस्याले आफूलाई पिरोल्ने गरेको धारणा राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार