Logout

चर्चामा

एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब

443 Shares

काठमाडौं । नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न संसद्मा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दबाब दिएको छ।

चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दबाब दिएको हो। चीन सरकारका अधिकारीहरूले नेपालका ठूला भनिएका सबै दललाई संसद्मा एमसिसी पेस नगर्न दबाब दिएको स्रोतको दाबी छ।

सरकारले संघीय संसद्को चालु अधिवेशनमा एमसिसी पेस गर्ने तयारी गरेको छ। संसद्को हिँउदे अधिवेशन मंगलबारदेखि सुरु भएको छ। सरकारले संसद् अधिवेशन बोलाएपछि चिनियाँ अधिकारीले नेपालका सबै दलका नेतालाई टेलिफोन गरी नेपाल–चीन सम्बन्ध प्रगाढ र ऐतिहासिक रहेको स्मरण गराउँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेको आजको नागरिक दैनिकमा खवर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार