971
Shares
काठमाडौं l नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर नेकपा एमाले देश विकासमा सँगै हिँड्न तयार रहेको बताएका छन्।
काठमाडौंमा आजदेखि सुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको भन्दै सहकार्य गरेर आफू अगाडि बढ्न तयार रहेको बताएका छन्।
उनले देश बनाउन विषयमा कांग्रेससँग एमाले एक रहने बताए। '
मुलुकको स्थायित्व, लोकतन्त्र र समृद्धिको यात्रा अघि बढाउन एमाले कांग्रेससँग हातेमालो गर्न तयार छ,' उनले भनेका छन् ।