Logout

चर्चामा

एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

626 Shares

काठमाण्डाै । नेकपा एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाबाट शपथ लिनुभयो भने बाँकी पदाधिकारीले अध्यक्ष ओलीबाट शपथ लिएका छन् ।

यो नि हेर्नुहोस 

एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो ।

मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए । अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २२३ मत प्राप्त गरे ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरे ।

उपाध्यक्षमा पराजति घनश्याम भुसालले ७२५ मत ल्याए । सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७६ मत प्राप्त गरे । योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्मा र पद्मा अर्यालले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७०० र रघुवीर महासेठले १५१३ मत ल्याउँदै सचिव पदमा निर्वाचित भए ।

सचिवमा पराजित भीम आचार्यले १३ सय र टंक कार्कीले ५ सय मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार