Logout

चर्चामा

लिम्पियाधुरा र लिपुलेकको नक्सा छापेपछि माधव प्रचण्डहरुको मुटु जल्यो :अध्यक्ष ओली

882 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला भारतले मिचेको भूमी नेपालको नक्सामा गाभेपछि माधव नेपाल र प्रचण्डहरुको मुटु जलेको बताउनुभएको छ ।

‘लिम्पियाधुरा,लिपुलेक र कालापानीको नक्सा छापेपछि उनीह्रुको मुटु मात्र होइन कलेजो र फोक्सो पनि जल्यो’ सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो ‘आफ्नो सरकार ढालेर कम्फटेवल सरकार बनाउनका लागि उनीहरुले उनीहरुलाई विदेशीले प्रयोग गरे । ’ अध्यक्ष ओलीले माधव नेपाल बुढेसकालमा एमाले सक्नका लागि छोडेर हिडेको बताउनुभयो ।‘

एमालेलाई सक्न राजाले नसकेको,पञ्चयतले नसकेको अब माधव नेपालले सक्ने रे’ अध्यक्ष ओलीले भन्नुभयो ‘जुन पार्टी चोइटिएको छ । त्यसको नाम एकिकृत रे । सुन्दै अचम्म लाग्दो छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार