Logout

चर्चामा

चर्चित व्यवसायी दुर्गा प्रसाईं औपचारिक रुपमा एमाले प्रवेश, तीन हजार माओवादी कार्यकर्ता एमालेमा

8.2k Shares

विर्तामोड । चर्चित व्यवसायी दुर्गा प्रसाईं औपचारिक रुपमा एमाले प्रवेश गर्नुभएको छ । झापाको विर्तामोडमा आइतबार भएको कार्यक्रममा प्रवेश गर्नुभएका प्रसाईंलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गर्नुभएको छ ।

माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गर्नुभएका प्रसाईंले आफूलाई माओवादीले प्रयोग मात्रै गरेको भन्दै पछिल्ला वर्ष टाढिनुभएको थियो ।

एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार प्रसाईंसँगै करिव ३ हजार माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

यो नि हेर्नुहोस 

चर्चित व्यवसायी दुर्गा प्रसाई आज एमाले प्रवेश गर्ने भएका छन् । यसअघि उनी नेकपा (माओवादी केन्द्र) मा सक्रिय थिए । माओवादी केन्द्रले कम्युनिष्टको सरकार ढालेर कांग्रेसलाई नेतृत्वमा ल्याएको भन्दै प्रसाई रुष्ट बन्दै आएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईसहित हजारौंलाइृ एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । प्रसाईले पनि आफूसहित विभिन्न पार्टीका चार हजारको संख्यामा नेता/कार्यकर्ताले एमाले प्रवेश गर्ने जानकारी दिए ।

प्रसाईकै पहलमा यसअघि ओली र दाहालबीच पार्टी एकताबारे सहमति भएको चर्चा छ । त्यतिवेला दुवै नेताले प्रसाईको घरमा मार्सी चामलको भात खाएको समेत तस्विर सार्वजनिक भएको थियो । प्रसाईले झापामा अब माओवादीको नामो निशाना नरहने र पत्तासाफ हुने पनि सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।

उनी प्रचण्डसँग निकट मानिन्थे । तर, पछिल्लो समय एमाले र माओवादी केन्द्र पूरानै अवस्थामा फर्किएपछि भने उनी एमालेतिर लागेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार