Logout

चर्चामा

ओलीको गर्जन : प्रचण्ड-माधव हिडेपछि एमाले झनै सशक्त भयो, पाँच दलीय गठबन्धन प्रतिगामी

1.2k Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय प्रतिगामी नै रहेको ठोकुवा गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालयबाट आज देशभरका ६७४३ ओटै वडाको अधिवेशनको भर्चुअल उदघाटनपछि सम्बोधन गर्दै ओलीले यस्तो ठोकुवा गर्नुभएको हो ।

एमाले अध्यक्ष ओलीले मुलुकबिरुद्ध षडयन्त्रसहित पाँच दलीय गठबन्धन बनेको र त्यस्ले प्रतिगामी काम मात्रै गरिरहेको बताउनु भयो । ‘गठबन्धनका नाममा आएकाहरु प्रतिगामी तत्व हुन, यस्मा कुनै भ्रम पर्नु हुन्न । प्रतिगमनतर्फको बाटोमा लागेका छन गठबन्धन ।

प्रतिगामी गतिबिधि हो । पाँच दलीय भनिएको गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यो गठबन्धनको लक्ष्य कम्युनिष्ट आन्दोलनबिरुद्ध दक्षिणपन्थी नेतृत्वको दमनकारी शक्तिलाई सुदृढ गराउने नै हो ।’ उहाँले अव एमाले नेतृत्वको सरकार किन हटाइयो भन्ने कुरा सवै प्रष्ट भइसकेको पनि बताउनु भयो ।

सम्बोधनको क्रममा ओलीले पार्टीको बेइज्जत र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको बताउनु भयो । माधव नेपाल र पुष्पकमल दाहाल पार्टीवाट अलग्गिएपछि पार्टी थप शसक्त भएको उहाँको भनाई छ । ‘पार्टीको बेइज्जत गर्नेहरु गइसके अब पार्टी शुद्धिकरण भयो ।

पार्टीलाई सरकारबट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र बाह्य साँठगाँठको निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि बढेको छ,’ ओलीले भन्नुभयो । अध्यक्ष ओलीले लोकतान्त्रिक भनिएको पार्टी कांग्रेसले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार