Logout

चर्चामा

माधव नेपाल काँग्रेसको मतियार हुन् : पूर्वमन्त्री बास्कोटा

825 Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल नेपाली काँग्रेसको मतियार भएको आरोप लगाएका छन् ।

एमालेको मण्डनदेउपुर नगर वडा नम्बर १ को कार्यकर्ता भेलालाई नगरकोटमा सम्बोधन गर्दै नेता बास्कोटाले नेपाल र बामदेब गौतम पार्टीलाई समस्या पर्दा भाग्ने भगौडा भएको बताएका हुन् । माधव नेपालको नाम नै लिएर उनले नेता नेपाल पार्टी घाती र देशद्रोही भएको आरोप लगाए ।

नेता नेपालको कारणले काभ्रेमा बन्ने भनेको एयरपोर्ट समेत नबनेको उनको भनाई छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पुससम्म पनि मन्त्रीपरिषद् विस्तार गर्न नसक्ने भन्दै बास्कोटाले केपी ओली सरकारले जम्मा पारेको पैसा सक्ने मेलो मात्र सरकारले गरेको बताए ।

आगामी सबै निर्वाचनमा फुटेर गएको एस पार्टीलाई जिरो बनाउने गरि लाग्न उनले एमालेका कार्यकर्ता तथा नेतालाई निर्देशन दिए । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाकी उपप्रमुख निर्मला शाही, एमाले नेता विदुर सापकोटा, रुद्र तामाङ्गलगायतले पार्टीको काममा सबै जना एक ढिक्का भएर लाग्नु पर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार