Logout

चर्चामा

चियापानमा सहभागी हुन ओली पक्षका नेताहरू बालुवाटार जान सुरू

910 Shares

काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापानमा उनी पक्षीय पार्टीका केन्द्रीय सदस्य तथा सांसद बालुवाटार जाने क्रम सुरू भएको छ।

सर्वोच्च अदालतले पार्टी ब्यूँताएपछि आगामी ७ गते बस्ने केन्द्रीय कमिटीको बैठकअघि अध्यक्ष ओलीले सदस्यलाई चियापानका लागि बोलाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा चियापानको सबै तयारी पुरा भइसकेको छ। यसैबीच झलनाथ खनाल र माधव नेपाल समूहले भने चियापान बहिस्कार गर्ने भएका छन्।

यस्तै वामदेव गौतम समूहले पनि ओलीको चियापानमा नजाने भएको छ।  एकता अभियान चलाइरहेका गौतमले बल्खुस्थित एक पार्टी प्यालेसमा आजै यही समयमा भेला बोलाएका छन्।

खनाल-नेपाल समूहले चियापान वहिष्कार गर्दे राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय प्रचार विभागले जनाएको छ।

एमाले नेता योगेश भट्टराईका अनुसार आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम छ ।

कार्यकर्ता भेला रोक्न प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी ओलीले आग्रह गरेका थिए । नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार