547
Shares
काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपविजेता बनेका विक्की अग्रवालको हराएको ब्याग प्रहरीले नगदसहित भेटेर उनलाई फिर्ता गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी कार्यालयका अनुसार बिमानस्थलको स्वर्णद्वार नजिकै ड्यूटीमा खटिएका प्रहरीले वेवारिसे अवस्थामा सो ब्याग फेला पारेका थिए । उक्त ब्यागभित्र रहेको परिचयपत्रका आधारमा सो ब्याग भारतीय नागरिक बिक्की अग्रवालको भएको पहिचान गरिएको प्रहरीले जनाएको छ ।
सो पश्चात उनलाई कार्यालयमा नै बोलाइ ब्याग हस्तान्तरण गरिएको थियो । प्रहरीका अनुसार ब्यागभित्र नेपाली २ हजार ९ सय ४० रुपैयाँ र भारु ७ सय ९० रहेको थियो ।
यस्तै, एप्पल घडी एक थान र इयरपोड एकथान समेत ब्यागभित्र रहेको थियो । भारतको सिक्किम निवासी बिक्की अग्रवाल कमेडी च्याम्पिनयनमा भाग लिन नेपाल आएका हुन् ।