Logout

चर्चामा

नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीलाई रिहा गर्न एमालेको माग

864 Shares

काठमाडौं । मंगलबार विज्ञप्ति जारी गर्दै नेकपा (एमाले) ले सोधपुछ र माथिको आदेशको नाममा संगठनका पदाधिकारी र सदस्यहरुलाई सुनियोजित रुपमा नियन्त्रणमा लिइएको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।

नेकपा (एमाले) ले सोमबार साँझ बबरमहलस्थित संगठनको केन्द्रीय कार्यालयमा प्रवेश गरेर हुलहुज्जत, तोडफोड र संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायतका पदाधिकारीमाथि हातपात भएको घटनाको निन्दा समेत गरेको छ ।

‘सो घटनामा संलग्न आक्रमणकारी समूहले नेकपा (एमाले) विरुद्ध नाराबाजी समेत गरी अमर्यादित रुपमा प्रस्तुत भएको देखिएका आक्रमणकारीलाई कानुन बमोजिम कारबाही गर्नुको सट्टा उल्टै कार्यालयका कर्मचारी र कार्यालय तोडफोड भएको सूचना पाएपछि कार्यालयमा आएका पदाधिकारी र सदस्यलाई नियन्त्रण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार