584
Shares
काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार अपराह्न पानै ४ बजे सुरु हुनेछ । एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजना सहित मैदान उत्रने छन् ।
एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ । समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो । फिलिपिन्स विरुद्धको हारसँगै नेपाल दबाबमा रहेको छ ।
छनोटको आशा कायम राख्न नेपाललाई जित्नै पर्ने हुन्छ । नेपाललाई जितले मात्र पुग्दैन । फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्नेछ । यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।