काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् ।
अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।
यो पनि हेर्नुहोस
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३ औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २२ देखि २४ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।
पाँचवर्षदेखि अनेरास्ववियूको महाधिवेशन भएको छैन । अनेरास्ववियू केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, विद्यार्थी इन्चार्ज खिमलाल भट्टराई, अनेरास्ववियूका पूर्वअध्यक्ष माधव ढुंगेल लगायतले सम्बोधन गरेका छन् । यही बैठकबाट अनेरास्ववियू अध्यक्ष ऐन महर, उपाध्यक्ष रस्मी आचार्य, महेश बर्तौला र शैलेश लामा संगठनबाट बिदा भएका छन् ।