Logout

चर्चामा

‘अहिलेका सत्ताधारी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, चुनावपछि पग्लिन्छन्’

701 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’को संज्ञा दिएका छन् ।

उनले सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै चुनावपछि आइसका डल्ला बिलाएर जाने बताए । ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैं बनेका होइनन्,’ शनिबार नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रममा ओलीले भने, ‘डल्ला बाहिर राख्नेबित्तिकै बिलाएर जान्छन् ।’

ओलीले १४ महिनापछि हुने चुनावबाट आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गर्दै ती सबै बिलाएर जाने बताए। उनले भने, ‘तपाईंहरुलाई केही दुःख दिन सक्छन् ।

धेरै चिन्ता गर्नु पर्दैन, १४ महिनापछि चुनाव हुन्छ, त्यसको अर्को एक महिनापछि हाम्रो सरकार बन्छ । यिनीहरु बिलाएर जान्छन्।’ ओलीले यो सरकार अस्वभाविक विधिबाट बनेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार