Logout

चर्चामा

पछिल्लो २४ घण्टामा ९९४ जना सङ्क्रमित थपिए, १३ सय बढी निको भए

568 Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ । यही अवधिमा थप १ हजार ३६८ जना निको भएका छन् ।

नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ । कोरोनाभाइरसको सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ९३६ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा थप ६८ हजार ६३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हालसम्म ५१ लाख ६० हजार ५२४ जनाले खोपको दुवै मात्रा लगाएका छन् भने ५७ लाख ६९ हजार ३२८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार