Logout

चर्चामा

टी २० विश्वकपका लागि भारतको टोली घोषणा

1.1k Shares

अक्टुबर महिनामा हुने टी २० विश्वकपका लागि १५ सदस्यीय भारतीय टिमको घोषणा भएको छ । अफ स्पिनर रविचन्द्रन अश्विन चार वर्षपछि टी २० इन्टरनेशनलमा फर्कने भएका छ ।

त्यसैगरी यस टोलीमा शिखर धवन, कुलदीप यादव र युजवेन्द्र चहललाई पनि ठाउँ मिलेको छ । १७ अक्टुबरदेखि १४ नोभेम्बरबीच ओमान र युएईमा टी २० क्रिकेट आयोजना हुनेछ ।

यी हुन् टोलमिा समावेश खेलाडी ब्याट्सम्यान ः विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव

विकेटकिपर : ऋषभ पन्त, ईशान किशन

स्पिनर : राहुल चाहर, आर अश्विन, वरुण चक्रवर्ती, अक्षर पटेल

पेसर  : जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी ।

अलराउन्डर : रविन्द्र जडेजा, हार्दिक पान्ड्या ।

वैकल्पिक : श्रेयस अय्यर, शार्दूल ठाकुर, दीपक चाहर

कहिले कोसँग प्रतिस्पर्धा ?

प्रारम्भिक चरणमा भारतले २४ अक्टुबरमा पाकिस्तान, ३१ अक्टुबरमा न्युजिल्यान्ड, ३ नोभेम्बरमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार