Logout

चर्चामा

तलव पनि लिन्न भन्ने स्वास्थ्य राज्यमन्त्री एकैचोटी पारे ४ अर्ब झ्याम

4.3k Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका निकै चर्चित मन्त्री हुन् स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ । एउटा भनाई छ, ‘नाम होस्, बदनाम होस् तर गुमनाम नहोस्’ स्वास्थ्य मन्त्री श्रेष्ठलाई अहिले त्यस्तै भएको छ । उनको आलोचना पनि त्यतिकै भएको छ भने प्रशंसा पनि भएको छ ।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले विवादीत पृष्ठभूमीका व्यापारी उमेश श्रेष्ठलाई एकाएक स्वास्थ्य राज्यमन्त्री बनाए पछि उनको आलोचना भएको थियो ।

 राज्यमन्त्री बनेकै दिन विवादीत बनेका श्रेष्ठको राज्यले दिने सुरक्षाकर्मी बाहेक कुनै सुविधा नलिने घोषणाले प्रसंसा भएको थियो । पछि आफ्नो सम्पत्तीको आधा हिस्सा राज्यलाई दिने घोषणा गरेको उनको व्यक्तित्वको ग्राफ ह्वात्तै बढेको थियो । रोचक कुरा चाँही के छ भने आफ्नो भए भरको सम्पत्तीको आधा हिस्सा राज्यलाई दान दिन सक्ने फराकिलो मुटु भएका श्रेष्ठले आफैँ संचालक रहको हस्पिटलहरुबाट भने राज्यलाई तिर्नु पर्ने कर पनि तिरेका छैनन् ।

काठमाडौँ बालाजुमा रहेको जनमैत्री अस्पतालले काठमाडौँ महानगरपालिकालाई तिर्न पर्ने कस नतिरेर कालो सूचीमा परेको छ । अस्तालले तिर्नपर्ने कर करोडौँ पुगिसकेको छ । काठमाडौ महानगरपालिकाले उनी सहितको नाम कर नतिर्नेको सुचीमा सार्वजनिक गरिसकेको छ । यसै विच स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका व्यवसायी उमेश श्रेष्ठले गोदावरीको जग्गा बिक्रि गरेका छन् ।

ललितपुरको गोदावरीमा रहेको झण्डै २ सय रोपनी जग्गा राज्यमन्त्री श्रेष्ठले मन्त्री हुनु अगाडी नै बेचेका हुन् । उनको उक्त जग्गामा फार्म हाउस पनि थियो । फार्म हाउस सहितको उक्त जग्गा उनले करिब ३ अर्ब ७५ करोडको मूल्यमा बेचेको खुलेको हो । रियलस्टेट व्यवसायी ओमबहादुर घर्तीले उक्त जग्गा खरिद गरेका हुन् । उमेश श्रेष्ठले बिक्रि गरेको उक्त जग्गा खरिद गरेका रियलस्टेट व्यवसायी घर्तीले प्लटिङ सुरु गरिसकेको बताईएको छ ।

सुरुमा ७० रोपनी जग्गा प्लटिङ गर्ने र बाँकी दोस्रो चरणमा गर्ने योजनामा घर्ती छन् । बैशाख अन्तिममा उक्त जग्गा बेचेका श्रेष्ठ साउन पहिलो हप्ता स्वाथ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । व्यापारीलाई राज्यमन्त्रीमा नियुक्त गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाको आलोचना भईरहेको छ ।एकैपटक एक जनाले व्यवसायिक प्रयोजनका लागि काठमाडौँ नजिकै २ सय रोपनी जग्गा बिक्रि गरेको सम्भवतः यो पहिलो पटक भएको रियलस्टेट व्यवसायीहरुको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार