Logout

चर्चामा

एमाले केन्द्रीय सदस्य- जसले अन्तिम घडीमा माधवको साथ छाडे (सूचीसहित)

2.5k Shares

काठमाडौं । फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले बुधवार पार्टी विभाजन गर्दा स्थायी कमिटीका अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यको साथ गुमाएका छन् ।

नेपालले दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिमा साबिक एमालेका ५८ जना केन्द्रीय सदस्य समेटिएका छन् । यसबीचमा पशुपति चौलागाईंको निधन र गणेश पहाडी, बिष्णु रिजाल तथा सोम मिश्रले माधव गुट छाडेपछि पनि उनीसँग ८६ जना केन्द्रीय सदस्य थिए ।

पार्टी विभाजनको बेला आइपुग्दा नेपालसँग रहेका दोस्रो र तेस्रो पुस्ताका प्रभावशाली नेताहरु रहेनन् । पार्टीभित्रको अन्तरसंघर्षमा माधव नेपालका मुख्य भरोसा बन्दै आएका देशब्यापी प्रभाव भएका नेताहरु किन विभाजनमा गएनन् ? उनीहरु अझै पनि एमाले एकताको पक्षमा क्रियाशील हुने भनिरहेका छन् । तर दल नै अर्को बनिसकेपछि उनीहरुको एकता अभियान ठहराबमा पुगेको छ ।

अब दश बुँदे सहमति अनुसार एमालेमा सक्रिय हुने कि माधव नेपालको पार्टीमा लाग्ने ? हाल माधवको पार्टी विभाजनमा साथ नदिएका नेताहरुसँग दुई विकल्पमात्र छन् ।

Untitled.png

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार