Logout

चर्चामा

ओलीबारे मात्रिका यादवको टिप्पणी संसदको रेकर्डबाट मेटाइयो

999 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द हटाउन सभामुखले रुलिङ गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुुरु भएलगतै नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा अमर्यादित र असंसदीय शब्द प्रयोग भएको भन्दै आपत्ति जनाए ।

बिहीबारको बैठकमा माओवादी सांसद यादवले एमाले संसदीय दलका नेता ओली ‘मेन्टली फिजिकल्ली फिट हुनुहुन्न’ भनेका थिए । एमाले प्रमुख सचेतक भट्टराईले त्यही बेला नियमापत्ति गरेका थिए । तर सभामुखको ड्यासबाट ध्यानाकर्षण भयो मात्र भनेको र असंसदीय शब्दहरु संसदको रेकर्डबाट नहटेको भन्दै प्रमुख सचेतक भट्टराईले सभामुखको ध्यानाकर्षण गराए ।

एउटा सांसदले अर्को संसदलाई जभाभावी, निम्छरा शब्दहरु प्रयोग गर्न थाल्ने हो भने सदनको गरिमा नरहने उनले बताए । लगतै सभामुख अग्नि सापकोटाले ‘मेन्टली फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिधिसभा नियमावली प्रतिकूल भएको भन्दै रेकर्डबाट हटाउन निर्देश गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार