Logout

चर्चामा

भूमिश्वरको दावी : विमलाको आरोपमा सत्यता छैन

1.1k Shares

काठमाडौं । एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सांसद विमला वलीले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको प्रस्टिकरण दिएका छन् ।

सांसद ओलीले पत्रकार सम्मेलन गरेर आफुलाई नेपालगञ्ज लैजाने नाममा बुटवल ल्याएर बन्धक बनाएको भनेर सार्वजनिक गरे लगत्तै ढकालले अर्को पत्रकार सम्मेलन गरेर वलीलाई अपहरण नगरेको र उनकै माग अनुसार बुटवल ल्याएको दावी गरे । ‘म साउन १५ गते विमला ओलीलाई स्पस्टिकरणको पत्र बुझाउन उहाँको घरमा गएको थिएँ ।

स्पस्टीकरणको चिठी बुझाएपछि उहाँले पढ्नुभयो । पत्र पढेपछि उहाँले मुख्यमन्त्रीसँग कुरा गर्न चाहान्छु भन्नुभयो’, ढकालले भने, ‘उहाँले त्यसो भनेपछि ल हिँड्नुस्, मेरो गाडि खाली छ भनेपछि उहाँ बुटवल जान राजी हुनुभएको हो । त्यसबेला उहाँका दिदी,आमा र भिनाजु समेत हुनुहुन्थ्यो ।’

ढकालले त्यसबेला उहाँले अव एमालेमा फर्कन्छु भनेर आमालाई भन्दा आमासमेत खुसी भएको बताए । उनले एमालेका तर्फबाट सूर्य चिन्हबाट चुनाव जितेपनि एमाले र माओवादी मिलेर बनेको नेकपाको संसदीय दलको बैठक र जिल्ला कमिटीको बैठकमा समेत उपस्थित भएर माइन्युटमा हस्ताक्षर गरेको दावी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार