Logout

चर्चामा

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

517 Shares

काठमाडाैं । पार्टीको आन्तरिक एकता वा विभाजनबारे ठोष निर्णयका लागि छलफल गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ ।

विहान ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बैठक बस्न लागेको हो । यसअघि हिजोका लागि बैठक बोलाइए पनि सबै नेताहरु काठमाडौंमा उपलब्ध नभएका कारण आजका लागि सारिएको हो । आजको बैठकमा पार्टीको एकता वा विभाजनबारे केन्द्रीय सदस्यहरुको राय लिने योजनामा नेता नेपाल छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा सहयोग गरेका एमाले माधव समूहमा सरकारमा जाने वा पार्टीको विवाद मिलाउने भन्नेबारे सबैको एकमत नभएपछि नेता नेपाल अप्ठेरोमा परेको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार