Logout

चर्चामा

सांसद गिरीको आरोप- देउवा आउनासाथ गच्छदार छुटे, अब अफताब आलम पनि संसद आउलान्

1.2k Shares

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले विजय गच्छदार सामान्य धरौटीमा छुट्नुले अब अफताब आलमहरू पनि छुटेर संसदमा आउने संकेत देखिएको दावी गरे ।

सांसद गिरीले भने, ‘यो निर्दलीय सरकार आउनासाथ बालुवाटारको जग्गा बेचबिखन गरेर खाने बिजय गच्छदार सामान्य धरौटीमा छुटेका छन् । भोलि कतै १२ जना मजदुरलाई भट्टामा पोल्ने अफताब आलमहरू पनि छुटेर यही ठाउँमा आउने त होइनन् ? सरकारले यो प्रवृतिलाई प्रश्रय दिने त होइन ? जनता चिन्तित छन् ।’

सांसद गिरीले शेरबहादुर देउवा नेतृत्वको सरकार प्रतिशोधको भावनाले अघि बढ्ने संकेत देखिएको भन्दै वृद्धभत्ता समेत कटाउने चिन्ता गाउँ-गाउँमा जेष्ठ नागरिकहरूले गर्न थालेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार