Logout

चर्चामा

अब विदेश जानेले यी अस्पतालमा लगाउन सक्छन् कोरोना खोप

676 Shares

काठमाडौं । सरकारले विदेश जाने कामदार र विद्यार्थीको हकमा कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइटा अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचाना जारी गर्दै अब विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जनाएको छ।

तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने भनिएको छ। यसअघि भने सबै केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिइराखिएको थियो। यसअघि सञ्चालन भइरहेको खोप केन्द्रमा खोप लगाउने कार्य सकिएकाले विदेश जानेहरूका लागि खोप उपलब्ध गराउन अस्पताल तोकिएको हो। अब विदेश जाने कामदार वा विद्यार्थीले आफूलाई पायक परेको समयमा यी अस्पतालमा गएर खोप लगाउन सक्नेछन्।

पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र विद्यार्थीलाई खोप अनिवार्य गरेकाले अहिले खोप लगाउनेको संख्या बढेको छ। साथै, खोप लगाउँदा विदेशमा क्वारेन्टिनमा बस्नु नपर्ने भएकाले पनि अहिले सबै कामदारहरूले खोप लगाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार