Logout

चर्चामा

सत्ता समिकरण ओलीसँगै गर्ने नेता कर्णको खुलासा

1.7k Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रभावशाली नेता लक्ष्मणलाल कर्णले सत्ता समिकरण प्रधानमन्त्री केपी शर्मा ओलीसँगै हुने संकेत गर्नुभएको छ ।

नेता कर्णले भन्नुभयोे,“सत्ता सहकार्य गर्नैपरे सरकारसँग गर्ने हो, अहिले सरकार ओलीको छ, देउवाको सरकार छैन्, ओली हाम्रा माग पूरा गर्न तयार हुनुभएको छ ।”

अहिले सबै पार्टीसँग छलफल चलिरहेको बताउँदै उहाँले प्रधानमन्त्री आफ्नो पार्टीको माग पूरा गर्न तयार रहेको जानकारी दिनुभयो । नेता कर्णले सत्ता सहकार्यबारेमा बृहत छलफल गर्न कार्यदल बनाएको उल्लेख गर्दै कार्यदलको सुझावअनुरुप अगाडी बढ्ने स्पष्ट पार्नुभएको छ ।

उहाँले प्रधानमन्त्री ओलीसँग कुरा मिलिसकेकाले अब काम मात्रै मिल्न बाँकी रहेको दावी गर्नुभयो । नेता कर्णले जसपामा अहिले प्रधानमन्त्री को बन्ने भन्नेबारे चर्चा नरहेको पनि बताउनुभएको छ ।

नेपाली रेडियो नेटर्वकको नेपाली बहसबाट 

 

(यस्तो भनेका थिए प्रधानमन्त्री ओलीले )

जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए ।

सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् । शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न भने सकेको छैन ।

दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको जसपाका नेताहरूले जनाएका छन् । दलको बैठकमा शरत्सिंह भण्डारी, महेन्द्र यादव, प्रदीप यादवलगायतले यसपटक पार्टी आफैं सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने धारणा राखेका थिए । ‘हामी विभिन्न विकल्पमा छलफल गरिरहेका छौं ।

सरकारको नेतृत्व गर्न पनि हामी तयार हुनुपर्छ भन्ने सुझाव धेरै साथीबाट आएको छ’, बैठकपछि नेता भण्डारीले भने, ‘यसबारेमा पार्टीभित्र आन्तरिक छलफल प्रारम्भ भएको छ ।’ यस्तै धारणा जसपाका अर्का सांसद प्रदीप यादवले पनि राखे । यसपटक जसपाले सरकारको नेतृत्व दाबी गर्ने उनले बताए । ‘

हामीले अहिलेसम्म अरुलाई सहयोग गर्‍यौं । यसपटक हामी आफैंले सरकारको नेतृत्व लिनुपर्छ भन्ने सुझाव पार्टीभित्र बलियो भएको छ’, यादवले भने । स्रोतका अनुसार बैठकमा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले भने पार्टी सरकारमा जान नहुने सुझाव राखेका थिए । उनले सरकारमा जानुभन्दा पनि पार्टीका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए । प्रमुख सचेतक उमाशंकर अरगरैयाले संसदीय दलको बैठकमा विभिन्न अजेन्डामा छलफल भएको बताए ।

‘साथीहरूले विभिन्न धारणा राख्नुभयो । सरकारको नेतृत्व गर्ने विषयमा पनि कुरा उठेको छ’, उनले भने । एक वर्षअघि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन भए पनि दुवै पार्टीका संसदीय दल अझै अलगअलग छन् ।

शुक्रबार दुवै पार्टीको संयुक्त संसदीय दलको बैठक बोलाइएको थियो । दलको बैठक बस्नुअघि जसपाका शीर्ष नेताहरूले छलफल गरेका थिए । जसपाका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि जसपाले सरकारको नेतृत्वको विषयमा आन्तरिक छलफल सुरु गरेको हो । ठाकुरनिकटका जसपा नेता डा. सुरेन्द्र झाले भेटमा प्रधानमन्त्री ओलीले ठाकुरलाई घुमाउरो भाषाबाट प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार