778
Shares
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका छन्। राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक कार्यक्रमबीच आज महान्यायाधिवक्ता खरेलले वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बmुझाएका हुन्।
महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइएको हो। “राष्ट्रपति विद्यादेवी मण्डारीज्यूसमक्ष महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ,” राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।