काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् ।
साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।
माओवादी गुगलमा भेटिएला तर भुगोलमा भेटिँदैनः नेता बस्नेत नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री हेश बस्नेतले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रको अस्थित्व नै समाप्त हुने दावी गर्नुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी तेह्रथुमको घोषणा सभा तथा सपथ ग्रहण कार्यक्रममा आज बोल्दै सांसद बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनलाई गंभिर समिक्षा गरी अगाडी बढ्नुपर्ने ठाउँमा पुगेको उल्लेख गर्नुभयो । उहाँले अबको निर्वाचनपछि माओवादी गुगलमा भेटिने तर भुगोलमा नभेटीने दावी समेत गर्नुभयो ।
मनमोहन अधिकारीले आफ्नो गाउँ आफै बनाउँ, बृद्धभक्ता कार्यक्रम, असहाय भक्ता कार्यक्रमलगायतका असंख्य जनमूखी तथा लोकप्रिय कार्यक्रम ल्याएको उल्लेख गर्दै उहाँले मनमोहनकै पालाको कार्यक्रमलाई पच्छ्याउँदै प्रधामनन्त्री केपी ओलीले सडक, शिक्षा, स्वास्थ्य, सुरुङ युग, रेल युग, ३९६ वटा अस्पतालहरु एकै दिन शिलान्यास भएको, धरहरा निर्माण, मेलम्चीको खानेपानी काठमाडौँमा आएको, दुई दर्जनभन्दा बढी सुरुङहरु निर्माणको क्रममा रहेको, सिके राउत, विल्पव जस्तालाई राज्यको मुल धारमा ल्याई शान्ति स्थापनालगायतका असंख्य कामहरु भइरहेको जानकारी गराउनुभयो ।