Logout

चर्चामा

बालुवाटारबाट बाहिरिँदै ओली, युवासंघका कार्यकर्ताले बालकोटसम्म स्कटिङ गर्ने

767 Shares

काठमाडौं। सर्वोच्च अदालको आदेशले पदमुक्त भएका निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्दैछन्। बिहान ११ बजे निजी निवास बालकोट सर्न लागेका ओलीलाई उनको पार्टी नेकपा एमालेको भातृ संगठन युवासंघका कार्यकर्ताले स्कटिङ गर्ने भएका छन्।

एमाले नेता महेश बस्नेतका अनुसार ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ र स्वागत गर्दै बालकोटसम्म लानेछन् । यसका लागि बस्नेतले बालुवाटारमा ११ बजे भेला हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार