Logout

चर्चामा

माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारी

975 Shares

काठमाडौं । नेकपा माओवादी (केन्द्र) अवैध भइसकेको भन्दै सर्वोच्चले नेकपा भंग गरेपछि केपी ओली नेतृत्वमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा जान लागेका छन् । हाल एमालेमा क्रियाशील रहेका पूर्व माओवादीहरूले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) अवैधानिक रहेको प्रमाणसहित आयोगमा जाने तयारी गरेको नेता लिलबहादुर थापाले बताए ।

माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो ? जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् । थापाले नेपाल भने, ‘बर्सौंदेखि महाधिवेशन नभएकोले माओवादी केन्द्र अवैध छ।

आफैं अवैध रहेको पार्टीले गरेको कारवाही पनि अवैध छ। यही विषय लिएर निवेदन दिन १२:३० मा निर्वाचन आयोग जादैछौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार