Logout

चर्चामा

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक आज बस्दै

1k Shares

काठमाडौं  । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक आज बस्दैछ । हिजो बसेको स्थायी कमिटीको बैठकले दशौँ महाधिवेशन आयोजक कमिटि ब्युँताउने निर्णय गरेसँगै त्यसलाई अनुमोदन गर्न आज बैठक बस्न लागेको हो । बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पनि बोलाइएको छ ।

तर वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायतका ११ जनालाई भने बोलाइएको छैन । ११ जना बाहेक अरु नेतालालाई बैठकमा बोलाईएको भएपनि आफुहरु कोही पनि बैठकमा सहभागि नहुने बताइएको छ ।

२०७५ जेठ २ गतेको कमिटी मात्र वैधानिक कमिटी भएकाले आफुहरु अवैधानिक कमिटीको बैठकमा सहभागि नहुने नेता युवराज ज्ञवालीको तर्क छ ।

दशौं महाधिवशेन आयोजक कमिटीलाई सर्वोच्च अदालतले वैधता दिन अस्वीकार गरेपछि संस्थापन पक्षलाई पुरानै केन्द्रीय कमिटी ब्यँताउनुु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । नेकपा एमाले भित्र देखिएको विवाद समाधान गर्न पटक पटक शिर्ष तहका नेताहरुबीच पहल हुँदा समेत समस्या समाधान हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार