Logout

चर्चामा

माग पूरा भए सत्ता सहकार्यको कुरा पनि हुन्छ– राजेन्द्र महतो

926 Shares

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा भएमा सत्ता सहकार्यको कुरा हुने बताउनुभयो ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ नेता महतोले आफ्ना मागहरू पूरा नभए सरकारमा नजाने स्पस्ट पानुभएको छ ।

महतोले भन्नुभयो, ‘रेशम चौधरीको रिहाइ, संविधान संशोधन, मधेश र थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिता गर्ने लगायतका माग पूरा भएपछि मात्र सत्ता साझेदारीको कुरा हुन्छ ।’

ओली सरकारलाई आफूहरूले पहिले नै समर्थन गरेर हेरिसकेको स्मरण गर्दै महतोले आफूहरू ओलीलाइर्ए समर्थन गर्न मात्रै जन्मिएको हो भन्दै प्रश्न गर्नुभयो ।

आफूहरू सरकारलाई सित्तैमा समर्थन नगर्ने बताउँदै मागहरूको उचित सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । मागहरू पूरा गर्नेहरूप्रति आफूहरूको सहानुभूति हुने उहाँको भनाइ छ ।

ओली सरकारले काम नगरेर कुरामा मात्र जोड दिएको आरोप लगाउँदै महतोले कुराकानी र वार्ताको लागि कार्यदल बनेको बताउनुभयो । आफूहरू पटक–पटक ठगिएको गुनासो गर्दै उहाँले माग सम्बोधनको कुराकानीका लागि वार्ता कार्यदल बनाएको स्पस्ट पार्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार