Logout

चर्चामा

बालश्रम अन्त्यकालागी सरकार र नागरिक समाजको सहकार्य आबश्यक छ  : अध्यक्ष भट्टराई

963 Shares

काठमाडौँ । बालश्रम अन्त्यकालागी सरकार र नागरिक समाजको सहकार्य आबश्यक रहेको राष्ट्रिय बाल संरक्षण संजालका अध्यक्ष ऋतु भट्टराईले बताईन् । 
बालश्रमको अन्त्य गरौ भन्ने नाराका साथ आयोजित बाल श्रम अन्त्यका लागि बागमति प्रदेश स्तरिय कार्यक्रममा सरकार बाल श्रम अन्त्यगर्न कटिबद्ध भएकै कारण बालअधिकार महासन्धिले निर्दिष्ट गरेको आधारमा नेपालमा बालबालिकाका अधिकार सम्बन्धि कानुन ऐन नियमहरु तर्जुमा गरिएको समाजिक बिकाश मन्त्री सरस्वती बस्नेतले बताईन ।

उनले सरकार र नागरिक समाजको सहकार्यबाट बालश्रम जस्तो सामाजिक र कानुनी अपराध समाजबाट अन्त्य गर्न लागीपरेको बताईन । 
कोभिडका कारण आमा बाबु गुमाएका बालबालिकाहरुको लागि प्रति महिना तिन हजार पाउने गरि सरकारले सामाजिक सुरक्षा ब्यबस्थापन गरेको समेत जानकारी दिईन । अब प्रदेश सरकारले बालश्रम अन्त्यका लागि सामाजिक सस्थाहरुसंग सहकार्य गरि कार्ययोजना बनाएरै कार्य गर्ने बताईन ।

यसैगरि बालबालिकाको संरक्षणको लागि पर्याप्त बजेटको ब्यबस्था गर्नुपर्ने, स्थानिय सरकारले निति बनाएरै बालश्रमको अन्त्य गर्न  माननिय जुनेली श्रेष्ठले आग्रह गरेकिछिन् ।  
उनले बालबालकाका लागी  प्रदेश सरकारले बालश्रम अन्त्यगर्दै बालमैत्रि अबधारणमा कार्य गर्ने बताईन्। बालबालिकाहरुले आफुले भोगिरहेको दुर्ब्यबहार, हेला हिंसा, यौनदुब्यबहार र समाजका अन्य बर्गबाट नकारात्कम हेराईबाट आफुहरु प्रभाबित भएको कार्यक्रममा बताईएको थियो ।

 यसतर्फ सरकार र सामाजिक सस्थाको ध्यानाकर्षण गराई आफ्नो बालअधिकारको संरक्षण रक्षाको लागि कार्यक्रममा आग्रह गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार