Logout

चर्चामा

उपत्यकामा पानी वितरणको तालिकामा फेरबदल

955 Shares

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण नियमित आउँदै गरेको दैनिक १७ करोड लिटर पानी उपलब्ध नहुने भएकोले पानी आउने सूचीमा फेरबदल गरेको लिमिटेडले जनाएको छ ।

मेलम्ची आयोजनाका अनुसार मर्मत संहारको लागि २ महिना लाग्ने अनुमान गरिएको छ । बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने लिमिटेडले जनाएको छ । नयाँ तालिका अनुसार थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने छ ।

केयूकेएलले आज जारी गरेको विज्ञप्ति अनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ । बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सैबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउने भएको छ । सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइने केयुकेएलले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार