काठमाडौँ । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेशसभामा आर्थिक वर्ष २०७८र०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ । यसका अतिरिक्त नीति तथा कार्यक्रममा चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ ।
संघीय सरकारले व्यापार घाटा न्यूनीकरणका लागि गिट्टी बालुवा उत्खनन् गरी निर्यात गरेर व्यवसाय गर्ने खाले बजेटमा नै प्रस्तुत गरेपछि प्रदेश नम्बर २ को सरकारले नीति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिएको छ । नीति तथा कार्यक्रममा चुरे विनाशबाट प्रदेशका साथै देश नै मरुभूमि तर्फ अग्रसर हुने भएकाले चुरे संरक्षणका लागि कानूनी तथा प्रशासनिक नीति अवलम्बन गर्ने उल्लेख गरेर संघीय सरकारलाई काउन्टर दिएको छ ।
चुरेको फेदमा हरियो वन विकास, चुरे क्षेत्रमा जलाशय निर्माण लगायतका नीति अपनाइने भएको छ । यसका साथै नदीको बालुवा, ढुंगा आदि ढुवानीमा नियन्त्रण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पूर्णपाठ