Logout

चर्चामा

विघटनविरुद्धको मुद्दामा कारण देखाउ आदेश, असार ९ देखि निरन्तर सुनुवाइ हुने

1k Shares

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्च अदालतले विपक्षीलाई असार ८ गतेसम्म लिखित जवाफ पेश गर्न  म्याद दिएको छ । विघटनविरुद्धको मुद्दामा  असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देवासहितका सांसदको रिटमा प्रारम्भिक सुनुवाइपछि  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा असार ९ बाट निरन्तर सुनुवाइ गरिने बताए । 

सांसदहरुको रिटमा बुधवार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको छ । ‘केहीबेरमा लिखित आदेश आउँछ,’ संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने–‘लिखित आदेश लिएर जानुहोला ।’

न्यायाधीश ईश्वर खतिवडाले २९ वटा रिट एकातिर र शेरबहादुर देउवासहितका सांसदहरुको रिट एकातिर राखेर सुनुवाइ गरिने इजलासमा जानकारी गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार