Logout

चर्चामा

तीन मन्त्री मन्त्रालयविहीन, क–कसको  खोसियो मन्त्रालय ?

2.9k Shares

                                                              मन्त्रिपरिषद बैठकको फाइल तस्वीर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो । जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा। शिवमाया तुम्बाहाम्फे छिन् ।

नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार