Logout

चर्चामा

बागमती प्रदेश सभामा प्रदेश उच्च शिक्षासम्बन्धी विधेयक दर्ता

1.3k Shares

काठमाडौँ ।  बागमती प्रदेशसभा सचिवालयमा प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ । बिहीबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले  उक्त विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएकी हुन् । 

मन्त्री बस्नेतले उक्त विधेयक सरकारी विधेयकको रुपमा  ६२ नम्बरमा दर्ता गरेकी बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
संसदीय व्यवस्था अनुसार संसद सचिवालयमा आज दर्ता भएको उक्त विधेयक आगामी ५ दिनपछि संसदमा टेबुल हुने र आवश्यक छलफल गरी संसदबाट पास भइ ऐन बन्नेछ । 

उक्त विधेयकमा प्रदेश सरकारले संचालन गर्ने आफ्नै विश्व विद्यालयको व्यवस्थापन र अन्य संस्थाले विश्व विद्यालय संचालन गर्न चाहेमा बोर्ड गठन गरी उक्त बोर्डको निर्णय अनुसार मुनाफा रहित शैक्षिक गतिविधि संचालन गर्न पाउने व्यवस्था गरिएको जनाइको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार